रोकिएन नेप्सेको ओरालो यात्रा, बुधबारपनि जारी रह्यो गिराबट



Advertisement
Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज बुधबार सेयर बजार परिसूचक (नेप्से) ३.४३ अंकले घटेर २००६.७८ मा  बन्द भएको छ । लगानीकर्ताको मनोबल कमजोर हुदै जादा सेयर कारोबार २ अर्ब ५३ करोड रुपैयाँमा सिमित भएको छ ।


Advertisement

आज जीवन बीमा समूह शून्य दशमलव ५०, लघुवित्त एक दशमलव ६५ र म्युचुअल फन्ड समूह शून्य दशमलव ३८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७४ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ६३, वित्त शून्य दशमलव ६३, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव ३९, लगानी शून्य दशमलव १८, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेका छन् ।


Advertisement

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९७ र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य चार दशमलव ४० र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको चार दशमलव ०८ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु २५ करोड ८० लाख ५९ हजार एक सय १६ बराबरको चार लाख ९४ हजार सात सय ४५ कित्ता सेयर किनबेच भएको छ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर