नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकेको छ । संसद्को लेख समितिले प्रश्न उठाएपछि धितोपत्र बोर्डले कम्पनीको आईपीओ निष्काशन प्रक्रिया तत्कालका लागि रोकेको हो ।
बुक बिल्डिङबाट जारी गर्न लागिएको आईपीओमा पहिलो चरणमा संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँमा आईपीओ खरिद गरेका थिए । तेस्तै, दोस्रो चरणमा वैदेशिक रोजगारीमा जानेहरुका लागि बिहीबार(भोलि) बाट आवेदन खोल्ने तयारीमा थियो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको थियो ।
कम्पनीको वित्तीय विवरणमा उल्लेख प्रतिसेयर आम्दानी, प्रक्षेपण गरिएको प्रतिसेयर आम्दानी र चैत मसान्तमा प्रकाशित वित्तीय विवरणमा उल्लेखित प्रतिसेयर आम्दानीमा धेरै अन्तर देखा परेपछि लेखा समितिले बोर्डसँग स्पष्टीकरण माग गरेको छ ।
साथै, लेखा समितिले रिलायन्सलाई बुक बिल्डिङमार्फत आइपिओ निष्काशन गर्दा मूल्य कसरी तय गरियो भन्ने विषयमा सात दिनभित्र स्पष्ट पार्न धितोपत्र बोर्डलाइ निर्देशन दिएको छ ।



















प्रतिकृया