रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपुर्ति

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १८ गते
रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपुर्ति

रामबहादुर बम्जनलाई  जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ ।

बालयौन दुरुपयोगमा दोषी ठहर भएका बमजनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बमजनलाई सो सजाय तोकेका हुन् ।

बमजनविरुद्धको यस मुद्धामा जन्मकैदको सजाय माग गरिएकोमा अदालतले १० वर्ष कैदको सजाय दिएको हो । अब उक्त फैसलाविरुद्ध सरकार र बमजन दुवैलाई उच्च अदालत जाने बाटो भने खुला छ ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स