राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २८ गते
राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

विहिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । राप्रपाले कांग्रेस-एमालेको नयाँ गठबन्धनमा सहभागी हुने बारेमा भने पछि निर्णय गर्ने भएको छ । राप्रपाले नयाँ सरकारले उठाउने एजेण्डालाई हेरेर निर्णय गर्ने बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिदै छन् ।

प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स