राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा निर्दोष ठहर भएका छन्। संसदीय छानबिन विशेष समितिले अन्तिम प्रतिवेदन तयार गरी हस्ताक्षर गरेपछि लामिछानेलाई कुनै कारबाहीको सिफारिस नगरिएको समितिका सदस्य तथा प्रतिनिधि सभा सदस्य शिशिर खनालले जानकारी दिएका छन्।
खनालले पत्रकारहरूसँग कुरा गर्दै भने, “सहकारीबाट रकम अपचलन गरिएको आरोपमा रवि लामिछाने निर्दोष ठहर हुनुभएको छ। अन्तिम प्रतिवेदनमा उहाँलाई कारबाहीको कुनै सिफारिस गरिएको छैन, उहाँले यस आरोपमा सफाइ पाउनुभएको छ।”
खनालका अनुसार, सहकारीको रकम गोरखा मिडियामा सहकारी सञ्चालकहरूद्वारा नै ल्याइएको हुँदा उनीहरू दोषी देखिएका छन्। समितिले भने रवि लामिछानेलाई उक्त रकम परिचालनमा केवल सञ्चालकको भूमिकामा रहेका कारण संलग्न भएको उल्लेख गरेको छ।
साथै, समितिको प्रतिवेदनले देशभरका ४० सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको ठहर गरेको छ।




















प्रतिकृया