युक्रेनले पहिलो पटक अमेरिका निर्मित लामो दूरीको मिसाइलले रूसमा हमला गर्‍यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ५ गते
युक्रेनले पहिलो पटक अमेरिका निर्मित लामो दूरीको मिसाइलले रूसमा हमला गर्‍यो

युक्रेनले पहिलो पटक अमेरिका निर्मित Atacms लामो दूरीको मिसाइल प्रयोग गरेर रूसमा हमला गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेनलाई यी मिसाइल प्रयोग गर्न अनुमति दिएपछि यो हमला भएको हो।

युक्रेनी अधिकारीहरूलाई उदृद् गर्दै Atacms मिसाइलले रूसको ब्रायान्स्क क्षेत्रमा रहेको कराचेभ नजिकैको ठूलो हतियार भण्डारलाई निशाना बनाएको फाइनान्सियल टाइम्सले लेखेको छ। यो स्थान युक्रेनी सीमा बाट करिब ११५ किलोमिटर टाढा पर्छ।

अमेरिकी राष्ट्रपति बाइडेनले यो मिसाइल प्रयोगको अनुमति दिएपछि यो हमलाले अमेरिकाको नीतिमा ठूलो परिवर्तन ल्याएको छ। रूसको रक्षा मन्त्रालयले पनि हमला भएको पुष्टि गर्दै ब्रायान्स्क क्षेत्रमा प्रहार गरिएका छ मध्ये पाँच मिसाइल आफ्नो हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दाबी गरेको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले Atacms मिसाइलको प्रयोगबारे पुष्टि नगरे पनि आफ्नो देशसँग विभिन्न प्रकारका लामो दूरीका हतियार रहेको बताए। उनले भने, “हामीसँग भएका सबै हतियार प्रयोग गर्नेछौं।”

रूसको परराष्ट्रमन्त्री सेर्गेई लाभरोभले अमेरिकाको सहयोग बिना यस्ता उच्च-प्रविधिका मिसाइल चलाउन नसकिने बताएका छन्। साथै, रूसले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्दै पश्चिमी हतियारहरूको आक्रमणलाई न्यूक्लियर आक्रमण मान्ने उल्लेख गरेको छ।

फाइनान्सियल टाइम्सबाट अनूदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स