युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकामा डोनाल्ड ट्रम्पको नेतृत्वमा रूस-युक्रेन युद्ध चाँडै समाप्त हुने विश्वास व्यक्त गरेका छन्।
सरकारी रेडियोसँगको कुराकानीमा जेलेन्स्कीले नयाँ ह्वाइट हाउस नेतृत्वको नीतिले युद्धलाई अन्त्य गर्ने बताएका हुन्।
ट्रम्पको रूस-युक्रेन युद्धको समाधानमा प्रतिबद्धता रहेको उल्लेख गर्दै, जेलेन्स्कीले ट्रम्पको दृष्टिकोणलाई महत्त्वपूर्ण ठानेका छन्।
उनले अर्को वर्षभित्र युद्ध समाप्त गर्न युक्रेनी प्रयासहरू जारी रहने बताए। ट्रम्पले चुनाव प्रचारका क्रममा युद्ध चाँडै सक्ने दाबी गरेका थिए, यद्यपि समाधानको बारेमा कुनै विस्तृत कुरा भने गरेका थिएनन्।
(एजेन्सीहरुको सहयोगमा)













![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया