यी सामान्य लापरवाहीका कारण सजिलै ह्याक हुनसक्छ तपाईंको सोसल मिडिया अकाउन्ट

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १३ गते

द नेक्स्ट जेनेरेसनको चौथो एपिसोडमा भर्खरै २१ बर्ष पुगेका जुम्लाका इन्जिनियर किशोर उपाध्यायसंग सोसल मिडिया ह्याक कसरी हुन्छ, यसका न्यूनीकरणका उपायहरु सम्बन्धी विशेष कुराकानी गरेका छौं। जुम्लामा जन्मिएका उनी कम्प्युटर इञ्जिनिएरिङ्गका विद्यार्थी हुन् र साइबर सेक्युरिटीमा विशेष चासो राख्ने गर्दछन।

उनि फेमस युटुबरहरु जसमध्ये युटुब अकाउन्ट ह्याक भएका संचारकर्मी बसन्त पाण्डे, भ्लागर रतन कार्की, अर्का फेमस भ्लागर कुल बोइ , गणेश जिडी, कमेडीयन जेरी लिम्बु लगायतका ह्याक अकाउन्ट रिकभर गर्न सफल भएका व्यक्ति हुन्।।

किशोरका बिचारमा प्राय: ह्याकरहरु ह्याकिङ्ग सिकिरहेका स्टुडेन्टहरु हुने गर्दछन जसले प्राक्टिसका लागि अथवा केहि जानकारी प्राप्त हुने अपेक्षाले सामाजिक संजाल ह्याक गर्दछन। ह्याकरहरुले सोसल मिडिया ह्याक गर्नु पूर्व थुप्रै अकाउन्टहरु खोलेर रिसर्च गर्छन। नर्मल्ली ह्याकरहरुले हामीले सेयर गरेका विभिन्न किसिमका पोस्टहरुबाट व्यक्ति कत्तिको इन्टेलिजेन्ट छ साथै यो व्यक्तिलाई कस्तो किसमको लालच दिन सकिन्छ भन्ने कुरा पत्ता लगाउँछन् र पछि सोहि अनुरुप प्रोसेस अगाडी बढाउँछन्।

किशोरका अनुसार नेपालमा अकाउन्ट ह्याक हुने प्रमुख कारण फिसिंग हो। फिसिंग भन्नाले डुब्लिकेट वेबसाइट बनाइन्छ र एक सामान्य व्यक्तिले उक्त डुब्लिकेट वेबसाइट पहिचान गर्न नसक्दा सोसल मिडिया ह्याकको सिकार बन्न पुग्छ। उक्त वेब साइटहरु जस्तै तपाई १५ बर्षपछी कस्तो देखिनु हुन्छ? तपाईलाई चिट्ठा पर्यो ,तपाइलाई अफर दिईदै छ इत्यादी हुन्।

उनका अनुसार हामीले ति डुब्लिकेट वेबसाइटहरु सामान्यता ओपन गर्ने बित्तिकै ह्याक हुदैनन् त्यसका लागि लग इन अप्सन राखिदिएको हुन्छ र हामीले लग इन गरेको खण्डमा उक्त डीटेल्स ह्याकर्सको सर्भरमा सेभ भएर बस्छ तत्पश्चात हाम्रो अकाउन्ट ह्याक हुन्छ।

अर्को ह्याक हुने कारण मध्ये स्क्याम पनि एक हो। जस्तै साथीको अकाउन्ट बाट स्क्यामरले म्यासेज गर्छ र विभिन्न बहानामा तपाईंको ओटिपी माग्न सक्छन र हामीले आफ्नै नजिकको व्यक्ति हो भनेर ओटिपी सेयर गरिदिन्छौं त्यसपछि तपाइको अकाउन्ट ह्याक हुन्छ। त्यसरी मागेको ओटिपी कुनै पनि सोसल मिडिया कहिँकतै बाट आएको समेत थाहा नहुने,मोबाइलको स्क्रिनमा मात्र देखिने उनी बताउँछन्।

किशोरका अनुसार सोसल मिडिया ह्याक हुन नदिन निम्न उपाय अपनाउनु पर्छ :
१. सोसल मिडियालाई समय समयमा अपग्रेड गरिराख्ने,
२. हरेक सोसल मिडियालाई जिमेल संग कनेक्ट गर्ने,
३. हरेक सामाजिक संजालमा फरक फरक पासवर्ड राख्ने साथै पासवर्ड स्पेसल क्यारेक्टरमा राख्ने,
४. टु फ्याक्टर अथेण्टिकेसन अन गर्ने,
५. क्रयाक सफ्टवयर डाउनलोड नगर्ने,
६.थाहा नभएका लिंकहरु ओपन नगर्ने,
७. नचिनेका मान्छेको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगर्ने
८. आफ्नो पासवर्ड र ओटिपी कसैसंग सेयर नगर्ने
९. पब्लिक वाइफ़ाइ प्रयोग नगर्ने

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स