instainsta

मुगुका ३५ जना उत्कृष्ट किसान पुरस्कृत

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २० गते
मुगुका ३५ जना उत्कृष्ट किसान पुरस्कृत
AdvertisementAds

हिमाली जिल्ला मुगुका ३५ जना किसान पुस्कृत भएका छन् । ३ जना मुख्यमन्त्री उत्कृष्ट किसान बाट र ३१ जना  प्रोत्साहन बाट पुरस्कृत भएका हुन । जसमा मुख्यमन्त्री उत्कृष्ट किसान बाट छायानाथ रारा नगरपालिका वडा नं १३ का अंगबहादुर रोकाया प्रथम भएका छन् । उनी बिगत देखिनै कागति खेति गर्दे आएका छन्। यस्तै सर्मिला कार्की दोश्रो भएका छन् भने जासन्त कुलाल तेश्रो स्थानमा आएको कृषि बिकास कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार उनीहरु लाई क्रमश ४० हजार ३० हजार र २० हजार नगद सहित सम्मान पपत्र प्रदान गरिएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्र बहादुर शाहीले बताए ।

उनका अनुसार अन्य ३१ जना लाई रैथाने बाली , खाद्यान्न बाली दलहन  तेलहन बालीमा ५ रोपनी सम्म गर्ने २० हजार र यो भन्दा बढि प्रति रोपनी २ हजारका दरले नगद रकम पनि वितरण गरिएको शाहीको भनाई छ । त्यस्तै फलफुलमा एक सय बोट बरावर २० हजार रकम प्रोत्साहन स्वरुप सम्मान पत्र र नगद हस्तान्तरण गरेको बताएको छ ।

आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्की , प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि लगायत अन्य सरोकारवाला निकायहरुले किसान लाई नगद र सम्मान पत्र सहित पुरस्कार बितरण गरेका थिए । यो कार्यक्रम बिशेष गरेर किसानहरु लाई प्रोत्साहन , हौसला र प्रेरित गर्न कृषि क्षेत्रलाई थप प्रभावकारी बनाउन र कृषि पेशा बाटै आत्मनिर्भर बन्ने हेतुले यो कार्यक्रमको थालनी गरिएको कार्यालयले जनाएको छ ।

पुरस्कारले व्यवसाय प्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको किसान अंग बहादुर रोकायाले बताए । उनले अनुदानमुखीभन्दा पनि किसानको उत्पादन मुखी र आत्मनिर्भरमा कृषिका कार्यक्रम हुनुपर्नेमा जोड दिए ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स