मानव तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा सांसद लिलाबल्लभ अधिकारी पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २५ गते
मानव तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा सांसद लिलाबल्लभ अधिकारी पक्राउ

मानव तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नेकपा (एमाले) कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्। अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइँदै छ।

शनिबारको एमाले सचिवालय बैठकले अधिकारीलाई साधारण सदस्यसमेत नरहने गरी प्रदेश कमिटीले गरेको कारबाहीलाई अनुमोदन गरेको थियो। अधिकारीमाथि गम्भीर प्रश्न उठेको भन्दै कोशी प्रदेश कमिटीले कानुनी प्रक्रिया पूरा नभएसम्म उनलाई पार्टीका सबै जिम्मेवारी र सदस्यताबाट हटाउने निर्णय गरेको हो। उपमहासचिव प्रदीप ज्ञवालीले, यो प्रकरणमा बस्तुनिष्ठ र तथ्यपरक छानबिनका लागि पार्टीको पूर्ण सहयोग रहने बताए।

अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरूलाई जापान पठाउन खोजेको आरोप छ। उनी कोशी मन्त्रिपरिषद् र संघीय सरकारबाट अनुमति नलिई जापान पुगेका थिए। त्यहाँ अध्यागमनले उनलाई र खोटाङका दावा शेर्पा, जनक राई तथा रसुवाका कञ्चन देवकोटासहित तीन जनालाई डिपोर्ट गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो। डिपोर्टपछि अधिकारीले नैतिकताका आधारमा राजीनामा दिएका थिए।

जापानबाट फर्केका तीन व्यक्ति अहिले प्रहरी हिरासतमा छन्। उनीहरूको बयानका आधारमा जुगल रिजाल, वीरबहादुर सुनुवार, र महेश पाण्डेलाई पनि सोही अभियोगमा पक्राउ गरिएको छ। पक्राउ परेकाहरूले जापान जानका लागि १० देखि १३ लाख रुपैयाँसम्म बुझेको बताएका छन्। डिपोर्ट भएका व्यक्तिहरूबाट नक्कली मन्त्रालय परिचयपत्र समेत बरामद भएको छ, जसमा तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको हस्ताक्षर रहेको पाइएको छ, र यसले अधिकारी प्रमुख कर्ता रहेको संकेत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स