नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि नै प्रधानमन्त्री बन्ने आन्तरिक तयारीमा जुटेका छन। भोलि संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यतालिका छ, जसका लागि ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
भोलि प्रधानमन्त्री दाहालले विश्वासको मत नपाउने पक्का पक्की देखिन्छ। प्रधानमन्त्री दाहालको पक्षमा अहिले माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन्। यता नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।
दुई राजनीतिक दल एमाले र कांग्रेसले भोलि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम ३ बजेसम्म सकिने र त्यस लगत्तै संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई जानकारी दिइसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट तत्कालै नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुरूप सरकार गठनका लागि आह्वान हुनेमा विश्वस्त देखिएका छन्। संविधानको धारा ७६ को उपधारा २ मा संसद्मा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्ने व्यवस्था छ। हाल एमाले र कांग्रेससँग संयुक्त १६६ जना सांसद छन्। दुई तिहाईको लागि संसद्को संख्या १८४ चाहिन्छ। हाल दुई राजनीतिक दलहरु दुईतिहाई बहुमत सहितको सरकार गठनका लागि अन्य राजनीतिक दलहरुलाई सरकारमा जोडिन आह्वान गरिरहेका छन्।








![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)






![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)




प्रतिकृया