अमेरिका र क्यानडामा बढ्दो आप्रवासनलाई रोक्न उदेश्यले, ब्राजिलले भारतीय र नेपाली नागरिकहरूको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। यो निर्णय सोमबारदेखि लागू हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सञ्चार माध्यमका अनुसार, धेरै आप्रवासीहरूले ब्राजिललाई अमेरिका र क्यानडामा प्रवेश गर्ने बाटोको रूपमा प्रयोग गर्दै आएको हुँदा यसलाई नियन्त्रण गर्न ब्राजिल सरकारले यो कदम उठाएको हो।
यो निर्णयले ब्राजिल प्रवेश गर्न भिषा आवश्यक पर्ने एशियाली मुलुकका नागरिकहरूलाई असर गर्नेछ, भने भिसा बिना यात्रा गर्न पाइने देशका नागरिकहरूलाई यो नियम लागू नहुने उल्लेख गरिएको छ।
ब्राजिलको फेडेरल प्रहरीले गरेको अनुसन्धानले धेरै आप्रवासीहरू साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयसम्म बस्नका लागि टिकट किन्ने तर वास्तवमा तिनीहरूले ब्राजिललाई अमेरिका वा क्यानडामा पुग्ने बाटोको रूपमा प्रयोग गर्ने देखाएको छ। विशेष गरी भारतीय, नेपाली र भियतनामी नागरिकहरूले यस्तो गर्ने पाइएको उल्लेख गरिएको छ।
नयाँ नियम अनुसार, भिषा बिना आएका यात्रुहरूले आफ्नो यात्रा तुरुन्तै जारी राख्नुपर्नेछ वा आफ्नो देशमा फर्किनुपर्नेछ। यदि तिनीहरू ब्राजिलमा बस्न खोज्छन् भने, उनीहरूलाई अनुमति दिइने छैन र आफ्नै देश फर्किन बाध्य पारिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
साओ पाउलो विमानस्थलमा आप्रवासीहरूको संख्या बढेको र यसले आप्रवासन प्रणालीमा भारी दबाब परेकोले ब्राजिलले यो कदम उठाएको हो।
(मनी कन्ट्रोलबाट अनुवादित)






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया