भारतीय अर्बपति गौतम अडानीविरुद्ध अमेरिकामा ठगी र घुसको आरोपमा मुद्दा दर्ता भएको छ। न्यूयोर्कको अदालतमा दायर गरिएको उक्त मुद्दामा अडानीले आफ्नो कम्पनीलाई ठेक्का दिलाउन झुटो बोलेको र २५ करोड अमेरिकी डलर घुस दिएको आरोप लागेको छ। अडानी र उनका भतिजा सागर अडानीसहित सात जनाविरुद्ध शौर्य ऊर्जा परियोजनाको ठेक्का हात पार्न घुस दिएको र यसलाई लुकाउन प्रयास गरेको अभियोग लगाइएको छ।
अडानी समूहका अध्यक्ष समेत रहेका गौतम अडानीले यो परियोजनाका लागि अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप पनि लगाइएको छ। नवीकरणीय ऊर्जा परियोजनाले आगामी २० वर्षमा दुई अर्ब डलरभन्दा बढी नाफा हुने प्रक्षेपण गरिएको छ। अडानी, जो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिन्छन्,उनिमाथि यसअघि पनि अमेरिकी कम्पनी हिडनबर्गले ठगीको आरोप लगाएको थियो।
प्रधानमन्त्री मोदीका कारण अडानीले भारतमा कयौँ ठूला ठेक्का पाएको आरोप विपक्षी दल कांग्रेस र अन्य व्यवसायीले लगातार लगाउँदै आएका छन्। अडानी, जसले बन्दरगाह, विमानस्थल, र ऊर्जा क्षेत्रमा ठूला लगानी गरेका छन्,उनि माथि लगाइएको यो आरोपले फेरि विवादको केन्द्रमा ल्याएको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)





![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)

![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया