रौतहट स्थित जिल्ला भन्सार कार्यालय गौरको लापरवाहीले सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बिहीवार बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित पक्राउ गरेको एकजना भारतीय नागरिक फरार भएको छ।
भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत झरौखर जमुनियाका ३० बर्षीय गजेन्द्र राय यादव बिहीवार साँझ भन्सार कार्यालय गौरबाट फरार भएको हो ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंका अनुसार स्रोत नखुलेको रकम सहित पक्राउ परेका भारतीय नागरिकलाई बरामद रकम सहित भन्सार कार्यालयमा बुझाएपछि भागेको बताएका छन।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वा बाट गएको टोलीले भन्सार कार्यालय गौरमा बिहीवार १ बजेर ४५ मिनेटमा मुदा नम्बर ७७१ दर्ता गरेर बरामद रुपैया १४ लाख ८५ हजार सहित भारतीय नागरिक लाई बुझाएको एस्पी हुमागाईको भनाई छ ।
तर पक्राउ परेका भारतीय नागरिक ५ बजेपछि भागेको भन्सार कार्यालयका कर्मचारीले आफूलाई खबर गरेको हो, प्रहरीले बरामद गरेको सामान मानिस भन्सारमा दर्ता गरेर बुझाइसके पछि त्यसको सुरक्षा गर्नु भन्सारको जिम्मेवारी हुन्छ । दुई बजे पैसा र मानिस बुझाउँदा तीन घन्टा सम्म भन्सार कर्मचारी तथा भन्सार सुरक्षा गार्ड के हेरेर बसेको थियो एसपी हुमागाईंले प्रश्न गरेका छन ।
उता जिल्ला भन्सार कार्यालय गौरका प्रमुख अमिन्द्र सिंहले स्रोत नखुलेको पैसा बुझ्नु अघि धेरै प्रक्रिया पूरा गर्नुपर्छ, हामी त्यही प्रक्रियामा लागेका थियौं । पैसा र मानिस लिएर आएका तथा त्यहाँ खटिएका सशस्त्र प्रहरीको ड्युटी बदले पछि उनीहरु त्यहाँ बाट गएलगत्तै त्यहाँबाट आरोपी भागेको बताएका छन ।
सिंहले भन्सार कर्मचारीको मात्रै नभई सशस्त्र प्रहरीको पनि कमजोरीको कारण भारतीय नागरिक भाग्न सफल भएको भन्सार प्रमुख सिंहले प्रतिक्रिया दिएका छन ।
#bajarkochirfar #bazarkochirfar
















प्रतिकृया