ब्याक टू ब्याक नयाँ कारोबार रेकर्ड, बजार २९०० माथि सजिलै पार

ब्याक टू ब्याक नयाँ कारोबार रेकर्ड, बजार २९०० माथि सजिलै पार

आज नेप्से परिसूचक ७०.८१ अङ्कले बढेर २९३१.६५मा बन्द भएको छ। अघिल्लो दिन २५ अर्बको नयाँ रेकर्ड बनाएको बजारले आज पुन: रेकर्ड तोडदै कारोबार रकम २७ अर्ब पुगेको छ। जुन अहिलेसम्मकै ठूलो कारोबार रकम हो। साथै, आज १३ उपसमूहहरु मध्ये ११ उपसमूह बढेको छ भने दुई उपसमूह घटेको छ।

हरेक दिन कारोबार रकममा निकै उत्साह देखिएको छ। आज सुरूवात देखिनै बढेको बजार सामान्य उतारचढाव आएपनि बजार अन्त्यमा  २९०० को बिन्दु पार गरेर बन्द भएको छ। बजारमा निरन्तर कारोबार रकम बढेसँगै बजारले नयाँ उचाई तय गरेर आगडि बढिरहेको छ।

नेप्से ७०.८१ अंकले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार ७०.८१ अंकले बढ्दा १० कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १७१ कम्पनीहरुको सेयरमूल्य बढेको छ। सर्किट लागेर सेयरमूल्य बढ्नेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाईड्रोपावर, श्वेत-गंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा, सगरमाथा जलविद्युत, हिमाल दोलखा र नेशनल हाइड्रो रहेका छन।

आजको सेयरबजार 28 https://bajarkochirfar.com/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95-%e0%a4%9f%e0%a5%82-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac | %tags

नेप्से ७०.८१ अंकले बढ्दा कसको सेयरमूल्य सबैभन्दा बढी घट्यो:
आज दिनभरको कारोबारमा ६८ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा कुथेली बुखरी स्मल हाइड्रोपावर, लक्ष्मी लगुवित्त , हिमालयन लगुबित, सिइडीबी हाइड्रो ,पिपुल्स हाइड्रो रहेका छन।

आजको सेयरबजार 29 https://bajarkochirfar.com/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95-%e0%a4%9f%e0%a5%82-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स