बैंकहरुसङ्ग कति छ सेयर किन्ने स्पेस ?

बैंकहरुसङ्ग कति छ सेयर किन्ने स्पेस ?

यसअघि हामीले नेपाल स्टक एक्सचेन्जमा सूचिकृत १९ वटा कमर्सियल बैंकहरुले २०८० असार मसान्त सम्ममा संगठित संस्थाहरुको प्रोमोटर सेयर, साधारण सेयर र म्युचुअल फण्डमा कति लगानी गरेका छन् भन्ने तथ्याङ्क प्रस्तुत गरेका थियौं। नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक/वित्तिय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशिका २०८० अनुसार बैंक वित्तिय संस्थाहरुले सूचिकृत संगठित संस्थाहरुको संस्थापक सेयर (प्रोमोटर), साधारण सेयर(पब्लिक), सामूहिक लगानी कोष (म्युचुअल फण्ड) र डिबेञ्चरमा आफ्नो प्राथमिक पूँजीको बढीमा ३०% रकमसम्म मात्रै लगानी गर्न पाईने व्यवस्था गरे अनुसार ती १९ वटा कमर्सियल बैंकहरुले २०८० असार मसान्त सम्ममा प्रोमोटर सेयर, पब्लिक सेयर, म्युचुअल फण्ड र डिबेञ्चरमा कति लगानी गरेका छन् भन्ने तथ्याङ्क यो आलेखमा प्रस्तुत गर्दैछौं। साथै २०८० असार मसान्तसम्म गरिएको लगानी कति, बैंकहरुको कोर क्यापिटल कति र अब थप कति लगानी गर्न मिल्ने ‘स्पेस’ छ त भन्ने विषयलाई पनि यहाँ प्रस्तुत गरिएको छ।

कति छ बैंकहरुको लगानी ?
राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार १ वर्ष व्यतीत नभई बैंक वित्तीय संस्थाहरुले सेयर बेच्न पाउँदैनन्। २०८० को जेठअघि किनिएका सेयर मात्रै अहिले बेच्न पाइन्छ। २०८० को असार मसान्त (आर्थिक वर्ष २०७९/८०) सम्ममा कुन कमर्सियल बैंकले कति सेयर होल्ड गरेका छन् भन्ने तथ्याङ्क यहाँ प्रस्तुत गरिएको छ। कमर्सियल बैंकहरुले प्रकाशित गरेका आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई आधार मानी यो अध्ययन गरिएको हो।

कमर्सियल बैंकहरुले होल्ड गरेको प्रोमोटर सेयर, साधारण सेयर र म्युचुअल फण्डलाई अलग्गै राखिएको छ। २०८० को असार मसान्तसम्ममा ती बैंकहरुले धारण गरेको कित्तालाई जेठ ३ गते (बिहिबार) नेपाल स्टक एक्सचेन्जको वेब साइटमा उल्लेखित अन्तिम मुल्यले गुणान गरी मौद्रिक मुल्यांकन (कति रकम बराबरको सेयर होल्ड गरेको छ) प्रस्तुत गरिएको छ।

3 1 https://bajarkochirfar.com/%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%97-%e0%a4%95%e0%a4%a4%e0%a4%bf-%e0%a4%9b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%bf | %tags

  * एक करोडभन्दा तलको लगानी उल्लेख गरिएको छैन। 

प्रभु बैंकले सबैभन्दा धेरै सेयर धारण गरेको देखिन्छ। २०८० को असार मसान्तमा प्रभु बैंकसंग ६ अर्ब ६३ करोडको सेयर होल्ड रहेको देखिन्छ। दोस्रो नम्बरमा नबिल बैंक छ। उसले ६ अर्ब २६ करोडको हाराहारीमा सेयर होल्ड गरेको देखिन्छ। ५ अर्बभन्दा बढी सेयर होल्ड गर्ने ५ बैंकहरु छन् जसमा प्रभु, नबिल, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंक छन्। सबैभन्दा कम सेयर धारण गर्नेमा सिद्धार्थ बैंक रहेको छ। सिद्धार्थले २०८० को असार मसान्तमा ११ करोडको मात्रै सेयर धारण गरेको देखिन्छ। कम सेयर धारण गर्ने सूचीको दोश्रो नम्बरमा माछापुछ्रे बैंक छ जसले १९ करोड रुपैयाँको सेयर धारण गरेको देखिन्छ। ६ वटा कमर्सियल बैंकहरुले १ अर्बभन्दा कम रकम बराबरको सेयर धारण गरेको देखिएको छ।

२०८० को असार मसान्त सम्ममा १९ कमर्सियल बैंकहरुले धारण गरेको संगठित संस्थाहरुको प्रोमोटर सेयरको हालको मूल्य करिब २३ अर्ब हुन आउँछ। त्यस्तै साधारण सेयर करिब १४ अर्ब रुपैयाँ र म्युचुअल फण्ड करिब ११ अर्ब रुपैयाँ हुन आउँछ। प्रोमोटर, साधारण र म्युचुअल गरी जम्मा ४८ अर्ब रुपैयाँ हाराहारीको सेयर धारण गरेको देखिन्छ।

बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो प्राथमिक पूँजीको ३०% रकम बराबर मात्रै संगठित संस्थाको सेयर, सामूहिक लगानी कोष र डिबेञ्चरमा लगानी गर्न पाउने व्यवस्था छ। राष्ट्र बैंकले प्रकाशित गरेको २०८० पुषको तथ्याङ्क अनुसार उल्लेखित १९ वटा कमर्सियल बैंकहरुको प्राथमिक पूँजी ५०१ अर्ब रुपैयाँ छ। त्यसको ३०% भनेको १५० अर्ब हुन आउँछ। कमर्सियल बैंकहरुले २०८० को असार मसान्तसम्ममा करिब ४८ अर्ब रुपैयाँ बराबरको सेयर (म्युचुअल फण्ड सहित) धारण गरेको देखिन्छ। त्यसमा यी १९ बैंकहरुले २०८० असार मसान्त सम्ममा डिबेञ्चरहरुमा गरेको लगानी १ अर्ब ६३ करोड रुपैयाँको लगानी जोड्दा करिब ५० अर्ब हुन आउँछ।

कति छ त ‘स्पेस’ ?
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक/वित्तिय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशिका २०८० अनुसार बैंक वित्तिय संस्थाहरुले सूचिकृत संगठित संस्थाहरुको संस्थापक सेयर (प्रोमोटर), साधारण सेयर(पब्लिक), सामूहिक लगानी कोष (म्युचुअल फण्ड) र डिबेञ्चरमा आफ्नो प्राथमिक पूँजीको बढीमा ३०% रकमसम्म मात्रै लगानी गर्न पाईने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले प्रकाशित गरेको २०८० पुषको तथ्याङ्क अनुसार उल्लेखित १९ वटा कमर्सियल बैंकहरुको प्राथमिक पूँजी ५०१ अर्ब रुपैयाँ छ। त्यसको ३०% भनेको १५० अर्ब हुन आउँछ। उल्लेखित १९ वाणिज्य बैंकहरुले २०८० असार मसान्त सम्ममा ५० अर्ब हाराहारीमा लगानी गरिसकेको हुँदा अब १०० अर्ब हाराहारीको मात्रै थप लगानी गर्ने स्पेस उनीहरु सँग रहेको देखिन्छ।

नोट : २०८० असार मसान्तपछि बैंकहरुले सेयर र डिबेञ्चरमा गरेको लगानीको तथ्यांक यो अधययनमा समावेश गरिएको छैन। त्यस्तै ‘ख’ र ‘ग’ वर्गका वित्तिय संस्थाहरुको लगानी र उनीहरुले लगानी गर्नसक्ने स्पेस पनि यहाँ उल्लेख छैन। २० कमर्सियल बैंकहरु मध्ये राष्ट्रिय वाणिज्य बैंकको तथ्यांक पनि यहाँ प्रस्तुत गरिएको छैन।

4 https://bajarkochirfar.com/%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%97-%e0%a4%95%e0%a4%a4%e0%a4%bf-%e0%a4%9b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%95%e0%a4%bf | %tags

  * एक करोडभन्दा तलको लगानी उल्लेख गरिएको छैन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स