बाँसबारी जग्गा हिनामिना प्रकरणमा सिआइबीले लियो विनोद चौधरीसँग बयान



Advertisement
Ads

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो ।  जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए।  प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उनी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उहाँलाई पक्राउ नगरी सिधै बयान लिएको बताए ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर