चालु आर्थिक वर्षको ९ महिनामा सेयर धितो कर्जा ८६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मार्जिन प्रकृतिको कर्जा २०८० असारको तुलनामा बढेर १२.९ प्रतिशतले बढेको छ । २०८० असारमा मार्जिन प्रकृतिको कर्जा ७६ अर्ब ३० करोड थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २५ लाख मुनिको कर्जा ७ अर्ब ३७ करोड रुपैयाँ, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १४ अर्ब १८ करोड रुपैयाँ, ५० लाख देखि १ करोडसम्मको कर्जा १२ अर्ब रुपैयाँ र १ करोड बढीको कर्जा ५२ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । २०८० अषाढको तुलनामा हालसम्म २५ लाख मुनिको कर्जा ४.९ प्रतिशत , २५ लाखदेखि ५० लाखसम्मको कर्जा ११ प्रतिशत, ५० लाख देखि १ करोडसम्मको कर्जा २ प्रतिशत र १ करोड बढीको कर्जा १७.७ प्रतिशतले बढेको छ ।
सेयर धितोकर्जा बढ्दै जाँदा त्यसले सेयर बजारमा पनि सकारात्मक प्रभाव पार्ने देखिएको छ। सेयर धितो कर्जाको ब्याज सस्तो हुँदै गईरहेको र सुचिकृत कम्पनीहरुको मूल्य समेत तल्लो लेभलमा आईसकेको हुँदा आउने दिनहरुमा सेयर धितोकर्जा लिनेको संख्या बढ्दै जाने जानकारहरु बताउँछन्।



![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?fit=640%2C360&ssl=1)







![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया