काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले हालै फेसबुकमा एमालेबाट निर्वाचित प्रदेश सांसद रेखा कुमारी शर्माले विगत ८ वर्षदेखि एक नबालिकालाई घरेलु कामदारका नाममा हिंसा र शोषण गर्दै आएको र उनलाई कारबाही गरिनुपर्ने आशयको पोस्ट गरेका थिए। सो पोस्टलाई अहिले फेसबुकले हटाएको छ।
उक्त पोस्ट सामाजिक सञ्जाल फेसबुकमा नदेखिएपछि बालेनले आफ्नो भनाइबाटपछि हटेर सो पोस्ट आफै डिलिट गरेको भनाई एकातर्फ चलिरहेको छ। बालेन सचिवालय स्रोतका अनुसार उक्त पोस्टमा धेरै रिपोर्ट आएपछि फेसबुकले आफै हटाएको हो। सोही स्टाटस बालेनको ट्विटर र इन्स्टाग्राममा भने यथावत रहेको छ। उक्त पोस्ट फिर्ता ल्याउने कार्य भइरहेको छ।नेकपा एमालेका नेताहरुले कार्यकर्ता सर्कलमा बालेन शाहको पोस्टना रिपोर्ट गर्ने अभियाननै चलाएका थिए।
उक्त पोस्टमा बालेन शाहले लेखेका थिए: “उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा (तस्बिरसहित), उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नबालिकालाई घरेलु कामदारका नाममा हिंसा गर्दै आउनुभएको छ। दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ, काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाउ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले पनि समाऊ भनेर तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ। सायद तपाईंका लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीका आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै १ लाख घोषणा गर्नु नै होला। कहिले समाउने? कि नसमाउने?”




















प्रतिकृया