उच्च अंकले बढ्यो सेयरबजार, करेक्सन अन्त्यको संकेत?

उच्च अंकले बढ्यो सेयरबजार, करेक्सन अन्त्यको संकेत?

आज साताको दोस्रो कारोबार दिन नेप्से १२३.३२ अङ्कले बढेर २८२३.२५ मा बन्द भएको छ। आज दिनभर १३ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ भने सबै उपसमूहहरुको सूचक बढेको छ । सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स उपसमूह रहेको छ। अघिल्लो दिन घटेको  बजार आज भने  फराकिलो अंकले बढेको छ। बजार बढेसँगै आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। १३ अर्ब भन्दा बढी कारोबार हुँदा  सर्बाधिक कारोबार गुडविल फाइनान्सको ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। 

बजारको आजको सकारात्मक माहोलले लगानीकर्ताहरु बीच केही उत्साह ल्याएको छ। नेप्से बढे संगै कारोबार रकम पनि बढेको छ। यसअघिको करेक्सनपछि बजारमा सुधारको संकेत देखिन्छ। व्यापक रूपमा बढेको बजारमा केही करेक्सन आएपछि कारोबार रकम पनि  घट्दै गएको थियो। तर, आज भने कारोबार रकममा पनि केही वृद्धि भएको देखिन्छ।  करेक्सनको अवधिमा बजारमा अस्थिरता र गिरावट देखिएको थियो, जसले लगानीकर्ताहरूको मनोबलमा पनि प्रभाव पारेको  थियो  तर, हालको उछालले करेक्सनको प्रभाव कम भएको र बजारमा सुधारको प्रक्रिया सुरु भएको विश्वास बढाएको छ। केही लगानीकर्ताहरुले आजको बजारको उछाललाई करेक्सनको समाप्तिको संकेतको रूपमा पनि व्याख्या गरेका छन्।

 नेप्से परिसूचक १२७.३२ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: 

आज सेयरबजार १२७.३२  अंकले बढ्दा ९ कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २३९ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्किट लागेर बढ्नेमा नेशनल हाईड्रोपावर, बेस्ट फाइनान्स,  समृद्धि फाइनान्स, प्रोगेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुमार माई हाइड्रोपावर, डोल्टी हाईड्रोपावर र मल्टीप्रपोज फाइनान्स  रहेको छ।

1 3 https://bajarkochirfar.com/%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a5%87-%e0%a4%ac%e0%a4%9c | %tags

 

 

नेप्से  १२७.३२ अंकले बढ्दा  सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:

आज नेप्से १२७.३२  अंकले बढ्दा  ५  कम्पनीको सेयरमूल्यमा घटेको  छ। घट्नेमा माई खोला हाईड्रोपावर,  सामुदायिक लघुवित्त, पिपुल्स हाईड्रोपावर, मिथिला लघुवित्त र आत्मानिर्भर लघुवित्त रहेको छ्।

आजको सेयरबजार 56 https://bajarkochirfar.com/%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a5%87-%e0%a4%ac%e0%a4%9c | %tags

 

 

 

 

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स