‘प्रोजेक्ट अभय’को आयोजनामा नेतृत्व र नागरिक चेतना विकास कार्यक्रम सम्पन्न

‘प्रोजेक्ट अभय’को आयोजनामा नेतृत्व र नागरिक चेतना विकास कार्यक्रम सम्पन्न

प्रोजेक्ट अभयको आयोजनामा समूह निर्माण, कथा लेखन, र नागरिक चेतनामा आधारित एकदिने विशेष कार्यक्रम मंसिर ७ गते टेकस्पायर कलेज, नयाँ बानेश्वरमा सम्पन्न भएको छ। ग्लोबल पिस चेन्ज (GPC) अन्तर्गत आयोजित यस कार्यक्रममा ४४ जना युवा सहभागी भएका थिए।

कार्यक्रममा रुबी शाह, दिक्षित अवस्थी, र अधिवक्ता सौम्या रिजालले आ-आफ्ना क्षेत्रमा आधारित ज्ञान र अनुभव प्रस्तुत गरेका थिए। रुबी शाहले प्रभावकारी टोली निर्माणका लागि समन्वय र संवादको महत्त्वबारे चर्चा गर्दै नेतृत्वले समस्या समाधान र टोली सुदृढ बनाउन कसरी मद्दत पुर्‍याउँछ भन्नेबारे प्रस्ट्याइन्। दिक्षित अवस्थीले सरल र प्रभावकारी शब्दहरूले कथा निर्माणमार्फत मानिसहरूलाई एकत्रित गर्न र सामाजिक परिवर्तनका लागि प्रेरित गर्न सक्ने विषयमा प्रकाश पारे। त्यस्तै, अधिवक्ता सौम्या रिजालले नेपालको संविधान, नागरिक अधिकार र कर्तव्य तथा कानूनी शासनका आधारभूत पक्षबारे जानकारी गराउँदै शासन व्यवस्थाको महत्त्व र यसको सामाजिक प्रभावबारे सहभागीहरूसँग संवाद गरिन्।

प्रोजेक्ट अभयकी संस्थापक इशिका पन्तले विद्यालय तहमा नेतृत्व र नागरिक जिम्मेवारीबारे चर्चा कम हुने भएकाले व्यवहारिक ज्ञान र सीप प्रदान गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले यस्ता पहलहरूले युवाहरूलाई आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

IMG 2255 1 1 https://bajarkochirfar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f-%e0%a4%85%e0%a4%ad%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be | %tagsScreenshot 2024 11 24 224543 https://bajarkochirfar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f-%e0%a4%85%e0%a4%ad%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be | %tagsIMG 2255 1 1 https://bajarkochirfar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f-%e0%a4%85%e0%a4%ad%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be | %tags

IMG 0088 scaled https://bajarkochirfar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f-%e0%a4%85%e0%a4%ad%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स