प्रहरीले कांग्रेस उपसभापति गुरुङसँग लियो बयान, पत्नीविरुद्ध इन्टरपोल रेड नोटिस

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २९ गते
प्रहरीले कांग्रेस उपसभापति गुरुङसँग लियो बयान, पत्नीविरुद्ध इन्टरपोल रेड नोटिस

प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ। लाजिम्पाटस्थित सीआईबी कार्यालयमा उनलाई बोलाएर बुधबार दिनभर सोधपुछ गरिएको थियो।

यो घटनामा गुरुङकी पत्नी ज्योतिविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी भएको छ। उनी महाप्रबन्धक रहेका बेला बचतकर्ताबाट संकलित १२ करोड ५० लाख रुपैयाँ अनियमितता भएको आरोप छ, जुन हाल ब्याजसहित १४ करोड ८१ लाख रुपैयाँ पुगेको छ। संस्थाको संकट समाधान गर्न गुरुङसहित सञ्चालक समितिका सदस्यहरूले मौखिक प्रतिबद्धता व्यक्त गरे पनि समस्या समाधान नभएपछि संस्था झन् संकटमा परेको बताइन्छ।

ज्योतिले २०५७ सालबाट सहकारीमा काम थालेकी थिइन् र पछि कोषाध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हालेकी थिइन्। अनुसन्धानअनुसार, उनले १२ करोड ९४ लाख रुपैयाँ सहकारीमा जम्मा नगरी ज्योतिबहादुर भण्डारीलाई दिएकी थिइन्। भण्डारीविरुद्ध पनि रेड नोटिस जारी भएको छ। ज्योतिले धनराजसँग सम्बन्धविच्छेद गरिसकेपछि यो अनियमितता सार्वजनिक भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स