प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।
राष्ट्रपतिले संबिधानको प्रावधानको विपरित ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै रिट दायर गरिएको छ । रिटमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार एमाले अध्यक्ष ओलीलाई संबिधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरेका थिए ।
यो रिटमा साउन ६ गतेका लागि पेशी तोकिएको छ। राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ वा ३ कुन बमोजिम रिक्त प्रधानमन्त्री पदका लागि आह्वान गर्दा उपयुक्त होला भनेर कानूनका जानकारहरु संग सल्लाह पनि मागेका थिए। अधिकांश कानूनविद् हरुले ७६(२) बमोजिम नै प्रधानमन्त्री आह्वान गर्न सल्लाह दिएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदका लागि आह्वान गरेका थिए र सो नेपाली कांग्रेसको समर्थनमा केपी ओली प्रधानमन्त्री बनिसकेका छन्।








![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)






![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)




प्रतिकृया