प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदमा जानकारी गराउन एमाले सांसदको माग
नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका छन्।
उनले आज प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा भएका गतिविधि र भारतीय अधिकारीहरुसँग भएको भेट र त्यसक्रममा भएका कुराकानीबारे जानकारी संसदलाई गराउनुपर्ने माग गरेका हुन् ।
उनले संसदमा ‘भारतसँग ठाँठी रहेका हाम्रा समस्याहरू जस्ताका त्यस्तै विद्यमान छन्। यसैले सभामुखज्यूबाट आज रुलिङ हुनुपर्छ। प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ भनेको संसद हो। उहाँको भारतीय प्रधानमन्त्रीसँग के के विषयमा दुईपक्षीय हितका बहुपक्षीय हितका विषयमा बाँकी रहेका विभिन्न समस्याहरूलाई समाधान गर्ने विषयमा प्रधानमन्त्रीको भारतीय प्रधानमन्त्रीसँग के के कुरानी भयो। त्यो बाहिर अखबारमा होइन। आएर आजै संसदलाई सम्मान गरेर यो संसदलाई सम्बोधन गरेर भारत भ्रमणबारे विस्तृतरुपमा जानकारी दिनुर्थ्यो। यसैले सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु।’ प्रश्न गरे |