पोर्चुगल जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
अतिरिक्त समयको १०५औ मिनेटमा पोर्चुगलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए । रोनाल्डोले हानेको पेनाल्टी स्लोभेनियाका गोलकिपरले बचाएका थिए । पेनाल्टी मिस गरेका रोनाल्डो मैदानमै रोएको दृश्य भावुक देखिएको थियो । आफ्नो क्यारियरको अन्त्य तिर रहेका रोनाल्डोलाई अन्य खेलाडीले सम्झाइरहेको दृश्य देखिएको थियो ।
थपिएको ३० मिनेटमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा पोर्चुगलको जितका नायक गोलकिपर डिओगो कोस्टा बनेका थिए । उनले स्लोभेनियाका तिनै पेनाल्टी बचाएर पोर्चुगललाई जिताएका थिए ।
अब क्वाटरफाइनलमा पोर्चुगलले फ्रान्सको सामना गर्ने भएको छ । पोर्चुगल र फ्रान्सबीचको क्वाटरफाइनल खेल जुलाई ५ मा हुने छ ।
त्यस्तै हारसँगै स्लोभेनियाको युरोकप यात्रा समाप्त भएको छ ।
#bajarkochirfar #bazarkochirfar










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया