सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि भैरहवा लैजाने तयारी भइरहेको छ। उनी कास्की प्रहरीद्वारा पोखरा विमानस्थल पुर्याइएका थिए तर प्रतिकूल मौसमका कारण उडान स्थगित भएको छ।
लामिछानेलाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम दुरुपयोग आरोपमा कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो। त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन्।
रुपन्देही जिल्ला अदालतले लामिछानेसहित १२ जनालाई पक्राउ अनुमति दिएको छ। उनको भैरहवा आगमनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ र आज बिहान ११:३० बजे लुम्बिनी गेटमा ऐक्यबद्धताका लागि उपस्थित हुन आग्रह गरेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया