पैसा गुम्यो भनेर चिन्ता नगर्नुहोस्, गुमेको भन्दा बढि कमाउनुहुनेछ ; धैर्य गर्नुहोस् : केकी अधिकारी
बजारको चिरफारले विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरु सँग पैसा, लगानी, वित्तिय व्यवस्थापन र सेयर बजार सम्बन्धी कुराकानी गर्ने फर्म्याटको नयाँ कार्यक्रम ‘पैसा’ लिएर आएको छ। कार्यक्रमको पहिलो एपिसोडमा हामीले बौद्धिक नायिकाको पहिचान बनाएकी केकी अधिकारीसँग कुराकानी गरेका छौँ।
पैसाको बारेमा आफ्नो विचार व्यक्त गर्दै केकी भन्छिन्, देवकोटाजीले त पैसा हातको मैला भन्नुभएको छ, तर पैसा कहिलेकाँही कन्फिडेन्स हो, पैसा तपाईंको सपनाको सुरुवात गर्ने फाउण्डेसन पनि हो। पैसा धेरै अर्थपूर्ण कुरा हो त्यसैले होला पैसालाई ‘अर्थ’ पनि भनिन्छ।’
जीवनमा विभिन्न संकटहरु आउन सक्छ भन्दै केकी भन्छिन्, ‘आर्थिक संकट भनेको संकटहरु मध्यको सबैभन्दा सानो संकट हो। पैसा भन्ने कुरा एकपटक गुमाएपछि फेरी पनि कमाउन सकिन्छ। व्यापार, व्यवसाय तथा लगानीका क्षेत्रहरुमा सँधै सोचेजस्तो हुन्छ भन्ने छैन पैसा गुमाईयो भन्दैमा चिन्तामा डुबेर बस्नुभन्दा कसरी संकटबाट बाहिर निस्किने भनेर सोच्नु र सो अनुसार याक्सन लिनु बुद्धिमानी हुन्छ। धैर्य गर्नुपर्छ पैसा फेरी पनि कमाइन्छ; गुमाएभन्दा बढी कमाइन्छ। संसारमा यस्ता संकट (मानवीय संकट, सम्बन्धमा संकट ) पनि हुन्छन जसलाई तपाइले चाहेर पनि रिकभर गर्न सक्नुहुन्न तर आर्थिक नोक्सानीलाई रिकोभर गर्न सकिन्छ।’