पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो हवाई भाडादर

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो हवाई भाडादर

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनपछि नेपाल एयरलाइन्सले हवाई भाडा घटाएको छ। पर्यटनमन्त्री पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्दै आएका एयरलाइन्सले महँगाे भाडा लिएको भन्दै २४ घण्टाभित्र भाडादर बुझाउन निर्देशन दिएलगत्तै नेपाल एयरलाइन्सले भाडा घटाएको छ।

नयाँ भाडादर अनुसार दिल्ली, मुम्बई र बैंगलोर सेक्टरका लागि बजार भाडादरमा  २ हजार ५०० सम्म छुट पाइनेछ। यस्तै दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि ५ हजार रुपैयाँसम्म छुट दिइनेछ।

एयरलाइन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिखसम्म  डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिभ सोसाइटीको सिफारिसमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्बुदरोग भएका बिरामीलाई १०० प्रतिशत छुटमा ३३ जना बिरामीका कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जनाएको छ। त्यसैगरी २१ जना सरकारी कर्मचारीलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको उल्लेख छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स