नेप्से परिसूचक २६०० तल: बजारमा गिरावटको निरन्तरता

नेप्से परिसूचक २६०० तल:  बजारमा गिरावटको निरन्तरता
Advertisement Ads

आज नेप्से ५७.०३ अंकले घटेर बिन्दुमा बन्द भएको छ। आज सबै उपसमूह घटेको छ। दिनभर ७ अर्ब ३६ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सिईडीबी हाईड्रोपावरको भएको छ। यस दिन ३१२ कम्पनीको १ करोड ७० लाख सेयर कारोबार भएको छ्।

केही समयदेखि बजारमा आएको निरन्तर गिरावट आज पनि जारी रहेको छ। गत बिहीबार उच्च अंकले बढेको बजारले भने लगानीकर्ताहरु बीच उत्साह ल्याएको थियो । अघिल्लो दिन आयितबर पनि नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको थियो। तर, आज भने नेप्से परिसूचक संगसंगै कारोबार रकम पनि घटेको छ।

बजारले २६ सयको विन्दुलाई पनि छाडेर २५ सयको बिन्दुमा आइपुगेको छ।  बजारको उतारचढाव बीच केही गति लिन खोज्दा सेयर बेच्नेहरु हावी भएसंगै बजारको घटदोक्रम जारी नै रहेको देखिन्छ। चाडपर्व नजिकिदै गर्दा बजारमा बिक्रिको दबाब रहेको  र यस अघि ३ हजारको बिन्दुमा पुगेको बजारमा प्रोफिट बुक गर्ने ठूला लगानीकर्ताहरु पुन: बजारमा प्रवेश नगर्नु बजार घट्नुको मुख्य कारण भएको अनुमान गरिएको छ।

नेप्से ५७.०३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज नेप्से ५७.०३ अंकले घट्दा १४ कम्पनीहरूको सेयरमूल्य बढेको छ भने दुई वटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ। आज सर्किट लागेर बढ्नेमा क्रमश: आत्मनिर्भर लघुवित्त र हिमालयन हाईड्रोपावर रहेको छ।

TOP GAINERS 5 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%95-%e0%a5%a8%e0%a5%ac%e0%a5%a6%e0%a5%a6-%e0%a4%a4%e0%a4%b2-%e0%a4%ac%e0%a4%9c | %tags

नेप्से ५७.०३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से ५७.०३ अंकले घट्दा २२७ कम्पनीको सेयरमूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: गुडविल फाइनान्स, थ्री स्टार हाईड्रोपावर, नेपाल फाइनान्स, सृजनाशील लघुवित्त र मितेरी डेभलपमेन्ट रहेको छ।
TOP LOSERS 5 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%95-%e0%a5%a8%e0%a5%ac%e0%a5%a6%e0%a5%a6-%e0%a4%a4%e0%a4%b2-%e0%a4%ac%e0%a4%9c | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स