आज नेप्से परिसूचक ४.९८ अङ्कले बढेर २७५३.७६ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ९ उपसमूह बढेको छ भने६४ उपसमूह घटेको छ। दिनभर ११ अर्ब ७२ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार नगडी ग्रौपको भएको छ। यस दिन ३२६ कम्पनीको २ करोड ४४ लाख सेयर कारोबार भएको छ।
बजारमा कारोबार रकममा सुधार देखिन थालेको छ। बैंकहरूले ब्याजदर घटाएपछि लगानीकर्ताहरू बजारतर्फ आकर्षित भइरहेका छन्। यसअघि कम कारोबार रहेको बजारमा अहिले कारोबार रकम १० अर्बभन्दा माथि पुगेको छ। यो वृद्धिसँगै लगानीकर्ताहरू पुनः बजारप्रति आकर्षित भएको अनुमान गर्न सकिन्छ।
नेप्से ४.९८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ४.९८ अङ्कले बढ्दा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १४५ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: उन्नति सहकारी लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवा हाइड्रो, माण्डु हाईड्रो र बाराही हाइड्रो रहेको छ।

नेप्से ४.९८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो : आज नेप्से ४.९८ अङ्कले बढ्दा ९२ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: गुराँस लघुवित्त, समृद्धि फाइनान्स, मकर जितु माया हाइड्रो, माछापुच्छ्रे बैंक र बेस्ट फाइनान्स रहेको छ।


प्रतिकृया