नेप्सेमा सामान्य वृद्धि: बीमा समूहमा देखियो उत्साह

नेप्सेमा सामान्य वृद्धि: बीमा समूहमा देखियो उत्साह

आज ६.९४ अंकले बढेको नेप्से २८३०.२० बिन्दुमा बन्द भएको छ। बजारमा सामान्य वृद्धि भए पनि १० भन्दा बढी कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। १३ उपसमूहहरूमध्ये ५ उपसमूहले सकारात्मक प्रदर्शन गरेका छन्, जसमा निर्जीवन बीमा, जीवन बीमा, विकास बैंक, होटल तथा पर्यटन, र लघुवित्त उपसमूहहरू रहेका छन्। तेस्तै,वाणिज्य बैंक, फाइनान्स, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, व्यापार, र अन्य उपसमूहहरूले भने गिरावट देखाएका छन्

हिजो उच्च अंकले बढेको बजारमा आज भने केही स्थिरता आएको छ।, तर  लगानीकर्ताहरूमा  भने सकारात्मक भावना बलियो हुदै गएको छ। दिनभर १३ अर्ब ५७ अर्बको कारोबार हुँदा सर्वाधिक कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि सामान्य बढेको देखिन्छ। हाल बजारमा लगानीकर्ताहरूको उत्साह कायमै रहेको संकेत गरेको छ।

नेप्से  ६.९४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार ६.९४ अंकले बढ्दा १० कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १०६ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्किट लागेर बढ्नेमा एनएलजी इन्स्योरेन्स,सिन्धु विकास बैंक, मातृभूमी लघुवित्त, ग्रीन डेभलपमेन्ट, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, बिन्दबासिनी हाईड्रोपावर,  इस्टर्न हाईड्रोपावर, सप्तकोशी डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट रहेको छ।

1 4 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf | %tags

 

नेप्से ६.९४ अङ्कले बढ्दा  सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से ६.९४ अंकले बढ्दा १३३ कम्पनीको सेयरमूल्यमा घटेको छ। सर्बाधिक घट्नेमा क्रमश: हिमालयन पावर पार्टनर, डोल्टी पावर कम्पनी, मितेरी डेभलपमेन्ट, नेपाल फाइनान्स, मन्दाकिनी हाईड्रोपावर रहेको छ।

2 3 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स