साताको अन्तिम कारोबार दिन आज नेप्से ३६.८३ अङ्कले घटेर २६४९ मा बन्द भएको छ। बजारमा आज १२ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ भने १३ मध्ये एउटा उपसमूहको सूचक बढेको छ भने १२ वटा उपसमूह घटेको छ।
अघिल्लो दिन सामान्य वृद्धि देखिएको बजारमा आज फेरि गिरावट आएको छ। यसै गिरावट बीच दुई कमाप्नीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। १२ अर्ब भन्दा बढी कारोबार हुँदा सर्वाधिक गुडविल फाइनान्सको ३७ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ।
करिव डेढ महिनासम्म उकालो लागेको बजार साउन अन्त्यमा ३००० को बिन्दुमा पुगेर ओरालो लागेको हो। नेप्से आरालो लगेसंगै कारोबार रकम पनि घट्दो क्रममा रहेको छ। लगानीकर्ताहरुले प्रोफिट बुक गरेर बजारमा गिरावट आएको अनुमान गर्न सकिन्छ। यस अघि व्यापक रुपमा बढेको बजारमा अहिले आएको गिरावटलाई लगानीकर्ताहरुले पनि स्वभाविक करेक्शनको रूपमा लिएको छन।
आज नेप्से परिसूचक ३६.८३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार ३६.८३ अंकले घट्दा २कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५३ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्किट लागेर बढ्नेमा कुथेली भुखारी स्मल हाईड्रोपावर र रसुवागढी हाईड्रोपावर रहेको छन।

आज नेप्से परिसूचक ३६.८३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से ३६.८३ ले घट्दा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने दिनभरको कारोबारमा १८८ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा क्रमश: विन नेपाल लघुवित्त, एनआरएन र तारा गाउँ रिजेन्सी होटल रहेको छ।


प्रतिकृया