नेप्सेमा देखियो तिब्र उतारचढाव, कारोबार रकम खुम्चिदै

नेप्सेमा देखियो तिब्र उतारचढाव, कारोबार रकम खुम्चिदै

आज नेप्से १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा बन्द भएको छ। अघिल्लो दिन उच्च अंकले घटेको बजारमा आज भने सामान्य अंकको गिरावट आएको छ। आज एउटा कम्पनीको सेयरमूल्यमा भने सकारत्मक सर्किट लागेको छ। १३ उपसमूह मध्ये दुई उपसमूह बढेको छ भने बाँकी उपसमूह घटेको छ। सर्बाधिक घट्ने उपसमूह इन्भेस्टमेन्ट उपसमूह रहेको छ। दिनभर ९ अर्ब ६५ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ। यस दिन ३१६ कम्पनीको २ करोडभन्दा बढी सेयर कारोबार भएको छ्।

धेरै उतारचढाव देखिएको बजारप्रति लगानीकर्ताहरु  सकारात्मक भएतापनि  बजारमा स्थिरता भने देखिएको छैन। बजारमा स्थिरता कायम नभएकाले कारोबार रकम पनि घट्दै गएको छ। तर, समग्रमा लगानीकर्ताहरुको उत्साह भने कायमै रहेको छ।

 नेप्से परिसूचक १२.१० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार १२.१० अंकले घट्दा एउटा कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १०२ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्किट लागेर बढ्नेमा आत्मानिर्भर लघुवित्त रहेको छ भने धेरै बढ्नेमा क्रमश: युनिक नेपाल लघुवित्त, नेष्डो समृद्ध लघुवित्त , अपर हेवाखोला र गुडविल फाइनान्स रहेको छ।

आजको सेयरबजार 57 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%8d%e0%a4%b0-%e0%a4%89%e0%a4%a4 | %tags

नेप्से परिसूचक १२.१० अंकले घट्दा  सबैभन्दा कसको सेयरमूल्य बढी घट्यो:
आज नेप्से १२.१० अंकले घट्दा १३८ कम्पनीको सेयरमूल्यमा घटेको छ। सर्बाधिक घट्नेमा क्रमश: नेपाल फाइनान्स, बिन्दबासिनी हाईड्रोपावर,एनआरएन, न्यादी हाईड्रोपावर र मन्दाकिनी हाईड्रोपावर रहेको छ।
आजको सेयरबजार 58 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%8d%e0%a4%b0-%e0%a4%89%e0%a4%a4 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स