आज नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा बन्द भएको छ। आज सबै उपसमूह बढेको छ भने सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स उपसमूह रहेको छ। दिनभर ६ अर्ब १३ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार साहस ऊर्जाको भएको छ। यस दिन ३०८ कम्पनीको १ करोड ५० लाख सेयर कारोबार भएको छ्।
आज साताको पहिलो कारोबार दिन बढेको नेप्से परिसूचकले बजारमा सुधार आएको छ। यसअघिको व्यापक गिरावटपछि बजारमा सुधार हुदैँ गएको छ। दशैँ माहोलसँगै बजारमा अब केही सकारात्मक हुन सक्ने सम्भावना उच्च रहेको अनुमान गरिएको छ। यसअघिको व्यापक गिरावट पछि सेयरमूल्य संस्तिँदै गएका हुनाले आज बजारमा खरिदकर्ता हाबी भएको देखिएको छ। साथै, प्राविधिक विश्लेषकका अनुसार पनि बजारले केहि समयमा पुन: गति लिन सक्ने अनुमान गरिएको छ।
नेप्से ५६.०९ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज नेप्से ५६.०९ अंकले बढ्दा एउटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने २१९ कम्पनीको सेयरमूल्य बढेको छ । आज धेरै बढ्नेमा क्रमश: न्यादी हाईड्रोपावर, मध्ये भोटेकोशी, इस्टर्न हाईड्रोपावर, गुडविल फाइनान्स र सिनर्जी पावर डेभलपमेण्ट रहेको छ।

नेप्से ५६.०९ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से ५६.०९ अंकले बढ्दा एउटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ भने २३ कम्पनीहरुको सेयरमूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: विन नेपाल लघुवित्त , स्वरोजगार लघुवित्त, उपकार लघुवित्त , र सामुदायिक लघुवित्त रहेको छ।


प्रतिकृया