आज नेप्से परिसूचक ४ अंकले घटेर २५७६ बिन्दुमा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ११ उपसमूह घटेको छ भने दुई उपसमूह बढेको छ। दिनभर ५ अर्ब ६६ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सिईडीबी हाईड्रोपावरको भएको छ। यस दिन ३२० कम्पनीको १ करोड ३९ लाख सेयर कारोबार भएको छ्। सामान्य अङ्कले बजार घटेसँगै सेयरबजारको गिरावटले आज पनि निरन्तरता पाएको छ। पछ्छिलो समयमा करिव ३० अर्ब पुगेको कारोबार रकम आज भने ५ अर्बमा सीमित भएको छ।
नेप्से ४ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:आज नेप्से ४ अंकले घट्दा ७४ कम्पनीहरूको सेयरमूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: कालिका लगुवित्त, स्वरोजगार लघुवित्त, रावा इनर्जी, भूगोल इनर्जी डेभलपमेन्ट र सुपर माई रहेको छ।

नेप्से ४ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो: आज नेप्से ४ अंकले घट्दा १६३ कम्पनीको सेयरमूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: जन उठान सामुदायिक लगुवित्त, गुडविल फाइनान्स, आत्मानिर्भर लघुवित्त, समृद्धि फाइनान्स, र समाज लगुवित्त रहेको छ।


प्रतिकृया