नेपाल भित्रिने रेमिट्यान्स तत्काल घट्ने देखिँदैन – प्रकाश चालिसे, चिफ बिजनेस अफिसर, सिटी पे

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ११ गते

बजारको चिरफारको कार्यक्रम ‘चिरफार बिजनेस टक’ को पहिलो एपिसोडमा हामीले सिटी पे प्रा. लि .का चिफ बिजनेस अफिसर प्रकाश चालिसेसंग कुराकानी गरेका छौँ । चालिसेलेसंग सिटी मनी एक्सप्रेसमा ‘डोमेस्टिक सेल्स हेड’ का रुपमा लामो समय काम गरेको अनुभव समेत छ। चालिसेसंग हामीले रेमिट्यान्स, हुण्डी कारोबार, रेमिट्यान्सको अहिलेको अवस्था, सिटी मनी एक्सप्रेस, सिटी वालेट लगायत विभिन्न विषयमा संवाद गरेका छौँ ।

चालिसे आज भन्दा करिब ४१ बर्ष पहिले हालको सर्लाही जिल्ला बरथहवा नगरपालिकाको वडा. न. ११ हिरापुर गाउँमा जन्मिएका हुन् । उनले आफ्नो माध्यमिक शिक्षा बेनी भोला माध्यमिक विद्यालयमा पूरा गरी +२ जनज्योति क्याम्पस लालबन्दीमा सकेर काठमाडौँ प्रवेश गरेका थिए । काठमाडौँमा उनले व्यवस्थापन संकायमा शंकरदेव क्याम्पसबाट स्नाकोत्तर पुरा गरेका हुन् । उनी सानैदेखि क्याम्पस संगसंगै विभिन्न फिल्डमा काम गर्दै अनुभव बटुल्दै गए जब उनको पढाई पूरा भयो त्यसपछि उनी रेमिट्यान्सको क्षेत्रमा प्रवेश गरे।

प्रकाश चालिसेका अनुसारमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने देशहरु मध्ये खाडी मुलुकहरुनै रहेका छन् । “४ महिनाको डेटालाई आधार मान्दा सबैभन्दा बढी कतारबाट ५३ अर्ब, इन्डिया बाट ४३ अर्ब, युएई (दुबई) बाट ४० अर्ब र साउदी अरेबिया बाट ३८ अर्ब रेमिट्यान्स भित्रिएको छ ।” उनी थप्छन्, “नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारमा जानेहरुलाई आईपिओमा १० प्रतिशतको कोटाको व्यवस्थाले अझ रेमिट्यान्समा वृद्धि भईरहेको छ ।”

हामीले चालिसेलाई हुण्डी भनेको के हो र यसबाट कारोबार गर्नु कत्तिको ठिक हुन्छ? भन्ने प्रश्न गरेका थियौ जवाफमा उनी भन्छन्, “बैंकिंग च्यानलको प्रयोग नगरी मध्यस्थकर्ता मार्फत पैसा एक स्थानबाट अर्को स्थानमा पुर्याउने कार्य हुण्डी हो । हुण्डी एक अपराधिक कार्य हो यसले देशको अर्थतन्त्र मात्र नभई व्यक्ति स्वयंलाई समेत ठूलो असर पुग्छ ।” उनका अनुसार हुण्डी मार्फत पैसा देशमा भित्रिँदा देशमा डलरको संचिति घट्न जाने त्यस्तै व्यक्तिलाई भविष्यमा उक्त रकमबाट कारोबार गर्नु पर्दा आय स्रोत देखाउन नसकेको खण्डमा घाटा बेहोर्नु पर्ने साथै कारोबारमा प्रहरीद्वारा समातियो भने जति रकम हो त्यसको तेब्बर रकम तिर्नु पर्ने अथवा ३ बर्षको जेल सजाए समेत हुने हुँदा रेमिट्यान्स कम्पनीहरु बाटै पैसा पठाउनु सबैभन्दा सुरक्षित तरिका हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स