नेपाल-बंगलादेशबीचको फाइनल खेल तीन मुख्य स्थानबाट एलईडी स्क्रिनमा देखाइने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १४ गते
नेपाल-बंगलादेशबीचको फाइनल खेल तीन मुख्य स्थानबाट एलईडी स्क्रिनमा देखाइने

काठमाडौं महानगरपालिकाले आज (बुधबार) हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेललाई तीन मुख्य स्थानबाट प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ। नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने यस महत्त्वपूर्ण खेललाई दशरथ रंगशालामा प्रत्यक्ष रूपमा हेर्न नसक्ने दर्शकहरूको सुविधाका लागि टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड, र हाँडीगाउँस्थित सानो गौचरनमा ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ,‘यो खेल हेर्न धेरै दर्शकहरुलाई चाहना छ । तर, खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ) मा एलईडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदैछौँ ।’

साथै , महानगरले खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स