नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन

नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) मा बिहीवार नेपाल पुनर्बीमा कम्पनी ( NRIC ) को सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरे सँगै नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बिहीवार अन्तिम कारोबार मूल्य ६९३ रूपैयाँको आधारमा यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले सेयर धनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर दिने भएपछि समायोजन पश्चात कम्पनीको सेयर मूल्य रू. ६६१ दशमलव ५८ कायम भएको छ। यही समायोजित मूल्यलाई आधारमा मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

कम्पनीले नवौँ वार्षिक साधारण सभा जेठ १७ गते, बिहीबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौंमा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

#BajarkoChirfar

Screenshot 2024 05 17 120418 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95-3 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स