SHAREHUB SHAREHUB

नेपाली गीत “पैसा” भारतीय चर्चित वेब सिरिजमा

Advertisement Ads
नेपाली गीत “पैसा” भारतीय चर्चित वेब सिरिजमा
Advertisement Ads

नेपाली संगीत उद्योगले हालै एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। लोकप्रिय गायक तथा कन्टेन्ट क्रियटर कुशल पोखरेलको गीत “पैसा” भारतीय चर्चित वेब सिरिज “ताजा खबर २” को टाइटल गीतको रूपमा समावेश भएको छ।

यो वेब सिरिज भारतका चर्चित कलाकार र युट्युबर भुवन बमले निर्माण गरेका हुन्। “ताजा खबर” को पहिलो श्रृंखला भारतमा अत्यधिक चर्चित बनेको थियो, र यसको दोस्रो श्रृंखला “ताजा खबर २” को ट्रेलर युट्युबमा हालसम्म २१ लाखभन्दा बढी पटक हेरिएको छ।

“पैसा” गीत यस अघिनै भारतीय दर्शकमाझ लोकप्रिय बनिसकेको थियो, जसमा भारतका धेरै कन्टेन्ट क्रियटरले रिल्स बनाएका थिए। नेपालमा पनि यो गीत विशेष गरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ। हालसम्म युट्युबमा यस गीतलाई साँढे ५ करोडभन्दा बढी पटक हेरिएको छ। पोखरेल गत वर्ष म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइमा नेपालका सबैभन्दा बढी सुनिने गायक बनेका थिए।

कुशल पोखरेलको गीतको अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुनु नेपाली संगीत उद्योगको लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले नेपाली कलाकारहरूको सिर्जनालाई विश्वव्यापी रूपमा पहिचान दिलाउने संभावना बढाएको छ।

New News Background 21 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%97%e0%a5%80%e0%a4%a4-%e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%9a%e0%a4%b0 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स