नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १७ गते
नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने

नेपालले अन्ततः बङ्गलादेशमा बिजुली निर्यात गर्ने भएको छ। भारतपछि नेपालले पहिलो पटक तेस्रो मुलुकमा बिजुली निर्यात गर्ने तयारी गरेको हो। लामो छलफलपछि नेपाल र बङ्गलादेशबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्न सहमति भएको छ। पहिलो चरणमा ४० मेगावाट बिजुली निर्यात हुनेछ।

सम्झौतामा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय एनटिपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। यो सम्झौताले सुनकोशी तेस्रो जलविद्युत् आयोजना समेत नेपाल, भारत र बङ्गलादेशको सहकार्यमा विकास गर्ने मार्ग प्रशस्त गर्नेछ।

विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक अध्ययन गरिनेछ भने बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली लैजाने इच्छा व्यक्त गरेको छ। बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट ९,००० मेगावाट बिजुली लैजाने घोषणा गरिसकेको छ।

यस सम्झौताले नेपाललाई वर्षायाममा एक अर्ब २३ करोड रुपैयाँको आम्दानी हुनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स