निर्वाचन अपडेट : दोलखाको मतदानस्थलमा विवादपछि हवाई फायर, मतदान स्थगित

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : दोलखाको मतदानस्थलमा विवादपछि हवाई फायर, मतदान स्थगित

प्रतिनिधिसभा निर्वाचनका क्रममा दोलखाको एक मतदानस्थलमा विवाद भएपछि हवाई फायर गरिएको छ र मतदान प्रक्रिया रोकिएको छ।

बिहीबार बिहान तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदानस्थलमा मतदान गर्ने क्रममा विवाद उत्पन्न भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातको प्रयास भएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेका हुन्।

हवाई फायरपछि स्थानीयस्तरमा नाराबाजी भएको र त्यसपछि मतदान प्रक्रिया तत्कालका लागि रोकिएको जनाइएको छ। हाल सर्वदलीय बैठक बोलाइएको छ र मतदान पुनः सुरु गर्ने विषयमा छलफल जारी रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स