नाउपाले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २७ गते
नाउपाले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको हो । नाउपाकी रञ्जीता श्रेष्ठलाई दलको नेताबाट हटाएर अरुण चौधरीलाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन् । यस अघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आजको बैठकमा श्रेष्ठ बाहेकका गङ्गा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए । संघीय संसद्मा नाउपाका चार सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स