धैर्यता बिना सेयर बजारमा नाफा सम्भव छैन: पूर्वअध्यक्ष रेग्मी

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १० गते
धैर्यता बिना सेयर बजारमा नाफा सम्भव छैन: पूर्वअध्यक्ष रेग्मी

स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले पनि सेयर बजारमा लगानी गरेपछि कमाउनको लागि धैर्यता आवश्यक रहेको बताए ।

उनले पछिल्लो समय लगानीकर्तामा पुँजीबजारमा लगानी गरेपछि कति समयको लागि लगानी गर्ने,कति समय धैर्य गर्ने भन्ने दीर्घकालिन योजना विना लगानी गर्दा बजारमा समस्या देखिएको बताए । उनले सेयर बजार लगानीकर्ताहरुले लगानी गर्ने बित्तिकै तत्काल रिटर्न खोज्न थालेकाले बजार दीर्घकालिन रुपमा सुधार हुन नसकेको उल्लेख गरे  ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सेयर बजारमा गरेको लगानी बैंकमा पैसा राखेर आजको भोलि ब्याज आउने जस्तो सोच राख्न नहुने बताउनु भयो । लगानी,लगानीकर्ता भन्दा पनि पूर्वाधार र अन्य औजार कमी भएको बजारमा साना लगानीकर्ता पनि टेण्डर हुन खोज्दा पुँजीबजारमा नकारात्मक प्रभाव परेको उल्लेख गरे ।

उनले भने,‘२ हजार २२ सयको बजार ५० दिनमा ३ हजार पुग्यो । करिव १ हजार अंकको वृद्धि भयो । जुन छोटो समयमा भयो । त्यसले गर्दा विगतदेखि लगानी गर्ने लगानीकर्तालाई पनि पर्याप्त नाफा भयो । ३२ सय अंकबाट बजार तल आउँदै गर्दा डुबेका लगानीकर्ताको पनि लागत रिकभरी भयो । लगानी उठेका लगानीकर्ताले पनि शेयर बेचे । साना लगानीकर्ताले लगानी गरेका नाफा भएको सेयर बेच्यो ।’

पूर्वअध्यक्ष रेग्मीले दुई ठूला राजनीतिक पार्टी मिलेर सरकार बन्दा बजारमा सुधार देखिएको भएपनि आश्वसनले मात्रै बजार सुधार नहुने बताए। उनले लगानीकर्ता पनि स्मार्ट भएकाले पुँजीबजारमा लगानीमैत्री वातावरण हेरेर लगानी गर्ने बताए । उनले अहिले पुँजीबजार माथि उठेर पनि टिक्न नसकेको अवस्था रहेको बताए । उनले बजार करेक्शन भएर लयमा फर्किन थालेको बताए ।

उनले सरकारको आश्वसन र नीतिगत परिवर्तनले केही सुधार भएपनि छोटो समयमा धेरै बढेर करेक्शन हुन राम्रो भएको बताए । उनले सरकारले थप नीतिगत र प्राविधिक सुधार गर्दै जाने हो भने नेपाली पुँजीबजारको भविष्य राम्रो रहेको बताए । उनले लगानीकर्ताले हल्लाको आधारमा भन्दा पनि कम्पनीहरुको वित्तीय अवस्था अध्ययन गरेर दीर्घकालिन सोचका साथ लगानी गर्न आवश्यक रहेको बताए ।

अनिष मिजार/न्युज एजेन्सी नेपाल 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स