काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिनका लागि टिपर र मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। भक्तपुर सडक डिभिजन कार्यालयले मर्मतलाई निरन्तरता दिन आज र भोलि यी सवारीसाधनहरू सञ्चालन गर्न निषेध गरेको हो।
सडक निर्माण व्यवसायीको लापर्वाहीका कारण यस क्षेत्रको सडक बर्खामा जीर्ण बनेको छ। यसले काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, र चीन जोड्ने मुख्य सडकलाई जोखिमपूर्ण बनाएको छ।
सडक डिभिजन कार्यालयले धुलिखेल–खावा सडकखण्डको निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ। यस क्षेत्रबाट चीनको खासा हुँदै आउने कन्टेनर र अन्य निर्माण सामग्री बोक्ने टिपरहरू पनि उक्त सडकमा सञ्चालन हुने गर्छन्।
यसैबीच, साना सवारीसाधनलाई वैकल्पिक मार्गको रूपमा बनेपा–पाँचखाल, नगरकोट–कुन्ताबेंसी–जिरोकिलो सडक प्रयोग गर्न भनिएको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया