नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार १८ करोड ४९ लाख ७९ हजार ३७५ रुपैयाँको सुन र चाँदीका सिक्का बिक्री गरेको छ।
टक्सार महाशाखाका अनुसार, २.५ ग्रामको ४ हजार ५२० थान सुनको असर्फी र चाँदीका १६३ हजार ६०० थान मेडालियन बिक्री गरिएको छ। २.५ ग्रामको सुनको असर्फी बिक्रीबाट १६ करोड १६ लाख ५३ हजार रुपैयाँको आम्दानी भएको छ।
यस क्रममा चाँदीका १३ हजार ६०० मेडालियन पनि बिक्री भएका छन्। यसमा लक्ष्मी मेडालियन ३३ सय, गणेश मेडालियन २६, गजलक्ष्मी मेडालियन २९ सय, गाई मेडालियन २५ ग्रामका २३ सय र गाई मेडालियन १० ग्रामका २५ सय थान बिक्री भएको छ।
नेपाल राष्ट्र बैंकले एकै दिनमा मात्र सुनका असर्फी बिक्री गर्ने निर्णय गरेकोले मंगलबार राति ११ बजेसम्म बिक्री जारी राखिएको थियो। आज भने चाँदीका सिक्का किन्नेको भिड मंगलबारको तुलनामा कम छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया