लुम्बिनी विकास बैंकले इमर्जिङ एशिया अवार्ड्समा तहल्का मच्चायो, पाँच उपाधि जित्न सफल

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २२ गते
लुम्बिनी विकास बैंकले इमर्जिङ एशिया अवार्ड्समा तहल्का मच्चायो, पाँच उपाधि जित्न सफल
AdvertisementAds

लुम्बिनी विकास बैंक लिमिटेडले इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्मा पाँच उपाधि जितेको छ । बैंकले दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको हो ।

इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवंम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको बैंकले जनाएको छ ।

अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । इण्डियन चेम्बर अफ कर्मसले गतवर्षदेखि नै यो अवार्ड वितरण गर्न सुरु गरेको हो ।

अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो ।

स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शिता बैंकिङ सेवा उपलव्ध गराउँदै अघि बढेकोले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरू जित्न सफल भएको र यसबाट बैंकको गरिमा र प्रतिष्ठा थप माथि पुगेको बैंकले जनाएको छ ।

AdvertisementAds

अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहक र नियमनकारी निकाय लगायत सबैको योगदान र सहयोग रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

३.५ अर्ब चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको विकास बैंकका सातै प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्टेन्सन काउन्टर र २० वटा एटिएम सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स