प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका हुन्।
ओलीले देशमा देखिएको समस्यालाई समाधान गरेर भविष्य उज्ज्वल बनाउन आफूहरू लागिरहेको धारणा राखे। ‘देश समस्यामा रहेको छ, देशको अवस्था राम्रो छैन र प्रशंसा गर्न लायक छैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘देशको इतिहास प्रशंसा गर्न लायक छ। देशको इतिहास राम्रो छ । गौरवपूर्ण इतिहास छ । भविष्य राम्रो छ । त्यसमा कुनै सन्देश छैन तर आज सन्तोष मान्न, खुसी हुन सकिने अवस्था छैन । हामीले यस अवस्था बदल्नुपर्छ ।’
इन्जिनियरले राखेको मार्मिक माग र सरकारको तर्फबाट पाउन राखेको आकांक्षा राम्रो रहेकाले पूरा गर्न सरकार लागि पर्ने ओलीले बताए ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया