नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा सञ्चालन गर्ने दुई कम्पनीहरूको अनुमतिपत्र खारेज गरेको छ। खारेज गरिएका कम्पनीहरूमा सी डाटा कम्युनिकेसन प्रालि (वीरगन्ज) र लाइफ नेट प्रालि (सुर्खेत) रहेका छन्।
सी डाटाले शर्तअनुसार सेवा सञ्चालन नगरेको र लाइफ नेटले तोकिएको समयभित्र लाइसेन्स नवीकरण नगरेको कारणले लाइसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ। सी डाटाको लाइसेन्स कात्तिक २ र लाइफ नेटको भदौ ३० देखि रद्द गरिएको हो।
प्राधिकरणले लाइफ नेटलाई सरकार र प्राधिकरणलाई बाँकी रकम तिर्नका लागि ३० दिनभित्र सम्पर्क गर्न निर्देशन दिएको छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






प्रतिकृया