हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख १५ हजार कित्ता र नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । दुबै कम्पनीहरूले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन्।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र यी सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । हिमालयन लाइफ इन्स्योरेन्सको सेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौंमा र नबिल बैंकको सेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीले दिएको जानकारी अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा सेयरबिक्री गरिने छ ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






प्रतिकृया