काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङमा प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ। शनिबार साँझ सिराहाबाट काठमाडौंतर्फ भुस्सा लोड गरी आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याइएका पटाका प्रहरीले नियमित सवारी जाँचका क्रममा फेला पारेको हो।
ट्रक नियन्त्रणमा लिइएको भए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । दशैं-तिहार नजिकिएसँगै पटाका ओसारपसारमा वृद्धि हुने भएकाले प्रहरीले सवारी जाँचलाई थप कडाइ गरेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया